हाम्रोबारे
डि.बि. ल्यान्ड मार्कबारे
डि.बि. ल्यान्ड मार्क डेभलपर्स प्रा.लि. घोराही-१५, दाङमा अवस्थित एक अग्रणी घरजग्गा विकास कम्पनी हो। हामी गुणस्तरीय पूर्वाधार, कालोपत्रे सडक, खानेपानी र बिजुली सुविधासहितका आवासीय कोलोनी तथा घडेरीहरू उपलब्ध गराउँछौं।

हामी आवासीय कोलोनीको योजना तथा विकास गर्छौं, ग्राहकको चाहनाअनुसार घर बनाएर साँचोसहित हस्तान्तरण गर्छौं, व्यापारिक भवन विकास गरी भाडामा दिन्छौं, र सम्पत्ति मूल्याङ्कन, कानुनी परामर्श तथा घरजग्गा कारोबार सेवा प्रदान गर्छौं।
हामीले बिक्री गर्ने हरेक घडेरीमा स्पष्ट कानुनी स्वामित्व, उचित बाटो र आवश्यक पूर्वाधार हुन्छ, र पहिलो साइट भ्रमणदेखि स्वामित्व हस्तान्तरणसम्म हाम्रो टोलीले ग्राहकलाई साथ दिन्छ।